संखुवासभा हत्याकाण्डमा ट्विस्ट : आरोपीका भाइ पनि पक्राउ

Ad
  • Kalopati

संखुवासभामा भएको सामुहिक हत्याकाण्डमा नयाँ तथ्य फेला परेको छ। प्रहरीले आरोपी  लोकबहादुर कार्कीका भाइ नरेश कार्कीलाई पनि नियन्त्रणमा लिएको छ। लोकबहादुरका भाइ नरेशसंग पनि सोधपुछ गर्नुपर्ने भएकाले नरेशलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय, चैनपुरले बताएको छ।

केहि दिन अगाडी  संखुवासभामा ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।  सामूहिक हत्यामा ज्यान गुमाउने रञ्जना कार्कीको मोबाइल नरेश को घरमा भेटिएको छ। प्रहरीका अनुसार घटना हुदा नरेश पनि संगै हुन सक्ने र हत्या पछि नरेशले मोबाइल लिएर गएको हुन सक्ने प्रहरीको अनुमान छ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: