Skip to content

अर्थ सरोकारको आयोजनामा देशभरका विभिन्न स्थानमा सेयर बजार सम्बन्धि तालिम हुँदै

Kalopati

4 years ago

काठमाडौं। देशका विभिन्न स्थानहरुमा सेयर बजार सम्बन्धि तालिम संचालन हुने भएको छ । अर्थ सरोकारको आयोजना र अन्य विभिन्न संघ संस्थाहरुको सहकार्यमा देशभरका विभिन्न १३ स्थानहरुमा सेयर बजारसम्बन्धि तालिम आयोजना हुन लागेको हो । तालिम धेरैजसो ठाउँमा निस्शुल्क आयोजना गरिएको छ भने कतिपय ठाउँमा भने निश्चित शुल्क लिएर सेयर बजार सम्बन्धि तालिम संचालन हुन लागेको सेयर सचेतना अभियानका आयोजक अर्थ सरोकारका प्रमुख सुरज प्याकुरेलले बताएका छन् ।

अभियान अन्तर्गत रुकुम, बिराटनगर, धरान, दमक, चितवन, जनकपुर, बीरगंज, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, सुर्खेत र धनगढीमा सेयर बजार सम्बन्धि तालिम संचालन हुने भएको हो । सो तालिममा तालिमकर्ताको रुपमा सेयर बजारका पूराना तथा अनुभवी लगानीकर्ता एवम् सेयर बजार विश्लेषक सुबास चन्द्र भट्टराई रहनेछन् भने कार्यक्रमलाई स्थानीय संघ संस्थाले सहआयोजना गर्नेछन् ।

सेयर बजार सम्बन्धि सचेतनाको कमी भएकै कारण धेरै लगानीकर्ताहरु सेयर बजारको उच्च विन्दुमा फसेको स्थितिमा यस्ता तालिमले विशेषगरी नयाँ तथा साना लगानीकर्ताहरुलाई सहयोग गर्ने विश्वास आयोजकको छ । अभियानको सुरुवात यहि चैत्र १९ गते रुकुमको मुसिकोटमा सेयर बजार सम्बन्धि तालिम संचालन भएसँगै हुँदैछ भने त्यसपछि भक्तपुर, ललितपुर, पोखरा, चितवन लगायतका स्थानमा सेयर बजार सम्बन्धि सचेतना अभियान सुरु हुने अभियान तथा अर्थ सरोकारका प्रमुख प्याकुरेलले जानकारी दिएका छन् ।

पछिल्लो समय देशभर सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुको संख्या दिनानुदिन बढिरहेको छ । झन्डै ५० लाख हाराहारीले डिम्याट खाता खोलिसकेको परिप्रेक्षमा यो तालिम सबैका लागि उपयोगी हुने विश्वास आयोजकको छ । सेयर बजारको सो तालिम सम्बन्धि विस्तृत जानकारीका लागि अर्थ सरोकारको सम्पर्क नम्बर ९८५११८४९९१ मा सिधा सम्पर्क गर्न सकिने बताइएको छ ।

Leave your comment

Related News