Skip to content

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका परिवारलाई अब १० लाख रुपैयाँ

Kalopati

2 years ago

काठमाडौँ । नेपाल सरकारले अब वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका श्रमिकका परिवारलाई १० लाख रुपैयाँ दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सय दिनका उपलब्धि सार्वजनिक गर्ने क्रममा राहत रकम ७ लाखबाट १० लाख रुपैयाँ पुर्‍याएको जानकारी दिएका हुन् ।

बिरामी उपचार खर्च पाएर ज्यान गुमाएकाका परिवारलाई पनि सरकारले १० लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको उनले बताए। यसअघि बिरामी उपचार पाइसकेपछि ज्यान गुमाएका श्रमिकका परिवारलाई क्षतिपूर्तिबापत राहत रकम दिने व्यवस्था थिएन ।

श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएको कामदारको करार अवधिमा वा करार अवधि समाप्त भएको एक वर्षभित्र कुनै कारणले ज्यान गएमा एक वर्षभित्र कागजातसहित मृतकको नजिकको हकवालाले आर्थिक सहायताका लागि बोर्डमा निवेदन दिनुपर्ने व्यवस्था छ । दाहसंस्कारका लागि परिवारलाई २५ हजार रुपैयाँ प्रदान गर्दै आएको छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रूपमा कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्ने हुन्छ । यस्तो आर्थिक सहायता वैदेशिक रोजगार बोर्ड मार्फत उपलब्ध हुँदै आएको छ ।

Leave your comment

Related News