Skip to content

कांग्रेस नेता कर्णले दिए मन्त्री रेणु यादवविरूद्ध प्रहरीमा उजुरी

Kalopati

4 years ago

रौतहट । नेपाली कांग्रेसका नेता रञ्जित कर्णले भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेता रेणुकुमारी यादवविरूद्ध प्रहरीमा उजुरी दिएका छन्।

मन्त्री यादवले साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको भन्दै कांग्रेस नेता कर्णले आज जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिएका हुन्। मन्त्रीबाट यादवलाई बर्खास्त गर्न र कानुनअनुसार कारबाही गर्न माग गर्दै कर्णले जाहेरी दिएका हुन्। मन्त्री यादवले गौरमा गत माघ ५ मा साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको जाहेरीमा उल्लेख गरिएको छ।

मन्त्री यादवले सिके राउतविरूद्ध अभिव्यक्ति दिएकी थिइन्। उक्त अभिव्यक्तिको भिडिओ क्लिप पनि कर्णले जाहेरीसँगै पेश गरेका छन्। साथै कर्णले प्रमुख जिल्ला अधिकारी र प्रजिअमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै मन्त्री यादवलाई कारबाही गर्न माग गरेका छन्।

 

Leave your comment

Related News