Skip to content

‘दलहरूले सामाजिक एकता कायम गर्नुपर्छ’ : महामन्त्री शर्मा

Kalopati

4 years ago

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दलहरुले सामाजिक एकता कायम गर्नुपर्ने बताएका छन् । देशको शासन सञ्चालन गरिरहेका प्रमुख राजनीतिक दलहरुले राजनीतिप्रति जनताको आकर्षण बढाउन थप जिम्मेवार बन्नुपर्ने उनले उल्लेख गरे ।

झापा । झापाको कनकाईमा प्रजातान्त्रिक आन्दोलनका अगुवा स्व तुर्सा हेमरमको २४औँ स्मृति दिवसका अवसरमा आयोजित स्मृतिसभामा महामन्त्री शर्माले मुलुकको समृद्धिका लागि शासन व्यवस्था स्थिर हुनुपर्ने उल्लेख गर्दै विचार अलग भए पनि उद्देश्य एउटै बनाएर साझा सहमतिमा अघि बढ्न सकेमा कसैले निराश बन्नु नपर्ने धारणा राखे । सबैकोे भावना एक बनाएर देशलाई समृद्धिको यात्रामा अघि बढाउनुपर्नेतर्फ जोड दिँदै उनले पिछडिएका समुदायलाई माथि उठाउने काममा सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताए ।

कनकाई नगरपालिका–१ स्थित नगरपालिकाको कार्यालय नजिकै निर्माणाधीन तुर्सा हेमरम स्मृति प्रतिष्ठान परिसरमा आयोजना गरिएको विविध सांस्कृतिक प्रस्तुतिसहितको स्मृतिसभामा स्व हेमरमको राजनीतिक योगदान र जीवनीका बारेमा चर्चा गरिएको थियो । सो अवसरमा सन्थाल युवाबीच छेलो, दौड, लङजम्प र धनुषकाँड प्रतियोगिता गराइएको थियो ।

स्व हेमरमले कांग्रेसका संस्थापक नेता बिपी कोइराला र कांग्रेस नेता समाजवादी चिन्तक सिके प्रसाईँको अत्यन्तै निकट रहेर राजनीति गरेका थिए । –रासस

Leave your comment

Related News