Skip to content

दशौँ महाधिवेशन एकताको महाधिवेशन हुने

Kalopati

4 years ago

काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले वर्तमान एमाले तत्कालीन नेकपा माओवादी केन्द्र सँगको एकताको निरन्तरताको पार्टी भएकाले आशन्न दशौँ राष्ट्रिय महाधिवेशन एकताको महाधिवेशन हुने बताएका छ ।

नेपाल बुद्धिजीवी परिषद्ले आज आयोजना गरेको ‘वर्तमान परिवेशमा एमालेको महाधिवेशन’ विषयक बहस कार्यक्रममा नेता पोखरेलले २०७५ जेठ ३ मा एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलाबाट पूर्ववत् अवस्थामा कायम रहेको भए पनि पूर्वमाओवादीको एउटा हिस्सा एमालेमै रहेकाले आफ्नो पार्टी नेकपाको निरन्तरता भएको जिकिर गरे ।

उनले पार्टीबाट केही पक्ष अलग भए पनि एमालेकै अगुवाइमा कम्युनिष्ट आन्दोलन एकताबद्ध हुनुपर्छ भन्ने मान्यताका साथ आफूहरु गत विधान महाधिवेशनयता नै अघि बढेको र त्यसलाई राष्ट्रिय महाधिवेशनले थप व्यवस्थित गर्ने जनाए । –रासस

Leave your comment

Related News