Skip to content

यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीले छानेका समानुपातिक सांसद

RaSwaPa

Kalopati

3 years ago

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधिसभा सदस्यको नामावली निर्वाचन आयोगलाई बुझाएको छ ।

पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले समानुपातिकतर्फको बन्द सूचीमा रहेकाबाट अन्तिम नामावली आयोगमा बुझाएको हो । पार्टी प्रवक्ता डा मुकुल ढकालका अनुसार पार्टीका तर्फबाट १३ जनाको नाम आयोगमा बुझाइएको हो ।

पार्टीले सन्तोष परियार, शिव नेपाली, डा ढाकाकुमार श्रेष्ठ, इन्दिरा रानामगर, सुमना श्रेष्ठ, डा चन्दा कार्की, डोलप्रसाद अर्याल, निशा डाँगी, विनिता कठायत, लक्ष्मी तिवारी, मनिष झा, अशोककुमार चौधरी, असिम साहको नाम आयोगमा बुझाएको छ ।

Leave your comment

Related News