Skip to content

पड्के रोग नियन्त्रणका लागि खोप अभियान सुरु

Kalopati

4 years ago

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा पड्के रोग नियन्त्रणका लागि गाईलाई खोप लगाउन थालिएको छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँले त्यस क्षेत्रमा पड्के रोग नियन्त्रणका लागि खोप लगाउन थालेको हो ।याम्पाका किसानले पालेको गाई मर्न थालेपछि विज्ञ केन्द्रले रगतको नमूना परीक्षणका लागि काठमाडौँ पठाएको थियो ।

ती गाई पड्के रोगका कारण मरेको पुष्टि भएपछि नियन्त्रणका लागि आजदेखि खोप लगाउन थालिएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए । स्थानीयवासी अजित न्यौपानेको पाँच, गणेश थापाको तीन र काशीनाथ भट्टराईको दुई वटा गाई मरेको थियो । गाई मरेसँगै पड्के रोगको शङ्का गरिएको थियो ।“केन्द्रबाट खोप मगाएर नियन्त्रणका लागि खोप अभियान सुरु गरेका छौँ, गाई मरेका फार्मका ४३ वटा गाईलाई पड्के रोग विरुद्धको खोप लगाउँछौ,” डा श्रेष्ठले भने । खोप लगाउनका लागि पशु प्राविधिक पिपिई लगाएर फार्ममा पुगेका छन् ।

यहाँका गाईलाई पड्केसँगै खोरेत रोग पनि देखिएको छ । त्यसको नियन्त्रणका लागि पनि पहल भइरहेको डा। श्रेष्ठले बताए । “खोरेत देखिएकाले पनि समस्या भएको छ, केही गाई बिरामी परेका छन्,” उनले भने पड्के सबै प्रकारको घरपालुवा पशु साथै मानिसमासमेत लाग्ने सबैभन्दा डरलाग्दो सरुवा रोग हो । यो रोग ‘ब्यसिलस एन्थ्राशीश’ नमाक जीवाणुबाट लाग्छ ।

 

Leave your comment

Related News