Skip to content

देशका केही ठाउँमा वर्षाको सम्भावना

Kalopati

4 years ago

काठमाडौं । देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भई सुदूरपश्चिम प्रदेशको पहाडी भेगका केही स्थानमा हल्का वर्षा भएको छ । बाँकी भू–भागमा आंशिक बदली रहेको महाखाशाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव दुई डिग्री र अधिकतम तापक्रम १८ दशमलव सात डिग्री सेल्सियस छ । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस तीन दशमलव पाँच डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम २४ दशमलव ६ डिग्री सेल्सियस छ । –रासस

Leave your comment

Related News