Skip to content

काठमाडौंमा एमसीसीविरुद्ध प्रदर्शन गर्दै विप्लव नेकपा

काठमाडौं । राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले आज सोमबार राजधानी काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । अपराह्न १२ बजे डुडिँखेलस्थित खुलामञ्चमा खबरदारी सभाको आयोजना हुने उक्त पार्टीका नेताहरूले जानकारी दिएका छन् ।

गत शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एमसीसी तीनरचार वर्षअघि सम्पन्न गर्ने उद्देश्यले अमेरिकी शासक वर्गले चलाएको कार्यक्रम भन्दै सरकारले एमसिसीजस्तो राष्ट्रघाती प्रोजेक्टलाई संसदबाट पास गर्ने चलखेल गरिरहेको आरोप लगाएका थिए ।

 

 

Leave your comment

Related News