काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालय आधुनिकीकरण नुहँदासम्म उच्च शिक्षामा सुधार नुहने बताएका छन् । थापाथली इन्जिनियरिङ क्याम्पसका ५६ औं वार्षिकोत्सवमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।
‘देशको ८० प्रतिशत विद्यार्थीले अध्ययन गर्ने शैक्षिक संस्था परम्परागत शैलीको हुन भएन अहिले युगसुहाउँदो हुनुपर्छ मन्त्री पौडेलले भने देश सुरुङमार्ग, लिफटिङ सिचाई, नयाँ पुल, राजमार्ग बन्ने युगमा प्रवेश गरेको भन्दै इन्जिनियरलाई गम्भीर हुन आग्रह गरे । ‘जाँदा पिच भएको बाटो फर्किदा भत्किएको हुन्छ’ मन्त्री पौडेलले भने पूर्वाधार निमार्ण भनेको इन्जिनियरको बढी भूमिका हुने बताउँदै सानो गल्तीले राज्यलाई ठूलो क्षति हुने बताए ।
विभिन्न चरणमा भएका सम्झौतालाई अहिले कार्यान्वयन गर्ने चरणमा रहेको बताउँदै यसवर्षदेखि देशका ४० बढी क्याम्पसहरुको भौतिक संरचना बन्ने उनको भनाइ छ । कार्ययोजना, दक्षता, लगनशील, अनुसाशन र उर्जाशील भएमात्रै नविनतम नतिजा दिन सकिने बताए । आफ्नो अधिकारको खोजी मात्रै गरेर नुहुने भन्दै भूल्न नहुनेमा उनले जोड दिए ।

Leave your comment