Skip to content

भारतिय विस्तारबाद बिरुद्ध अखिल छैटौ संघर्स, डडेल्धुरामा भारतिय प्रधानमन्त्री मोदिको पुत्ला जलाईयो

पुत्ला दहन

Kalopati

6 years ago

डडेल्धुरा, बैशाख २९ । (दिपकराज भट्ट)
विश्व अहिले कोरोना माहामारिले गर्दा आतंकित बनेको छ । भारतले भने नेपालिभुमिमा एकलौटि ढंगले सडक निमाण गरेको समयमा अहिले  नेपालमा त्यसका बिरुद्ध आन्दोलन भईरहेका बेला डडेल्धुरामा पनि अखिल छैटौं विद्यार्थी संगठनले  पनि नेपाली भुमि फिर्ता हुनुपर्छ  भन्ने माग सहित  आईतबार बिहान डडेल्धुरा  भात्काडा बजार नजिक  सामाजिक दुरि कायम राखेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको पुत्ला जलाएका हुन ।  

कालापानी क्षेत्र को अहिले को सडक मात्र सिमित नभएर सबै खाले सिमा अतिक्रमण को घोर निन्दा गर्दछु।अब सरकार ले निद्रा बाट ब्युझेर दिपक्षिय बार्ता को प्रयास लाई कायम राख्दै यो मुद्दा अन्तरास्ट्रियकरण गर्नु पर्दछ जसको लागि नेपाल युएन को सदस्य भएको पुर्ण प्रयोग गरेर यी समस्यालाई अन्त्य गर्नु अति आवस्यक हो।

अहिले तत्काल लडाइको बिकल्प यिनी नै हुन। यदि यसैगरि हरेक शासक ले झैं टार्दै गए भोलि हाम्रो स्वाधीनता मात्र नभै अस्तित्वमा माथि नै प्रस्न चिन्ह उठन जान्छ । हामिले नेपाली भुमि फिर्ता  लिनुका लागि  आफु निरन्तर सडकमा उत्रनु समेत तयार छौँ, अखिल छैटौका का जिल्ला अध्यक्ष  टङक अवस्थिले बताए ।

Leave your comment

Related News