Skip to content

समानुपातिक साम्सद चयन गर्न दलहरुलाई चटारो

electioncommission

Kalopati

3 years ago

निर्वाचन आयोगले समानुपातिक संसदको अन्तिम सूची पेस गर्न दिएको समयसीमा आज दिउँसो चार बजे सकिँनै लाग्दा समानुपातिक सांसदबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समिति बैठक बस्ने भएको छ।  बैठक बिहान ९ बजे बस्ने भनिएता पनि बैठक सुरु हुन सकेको छैन।

आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा  बैठक तय भए पनि  पार्टी सभापति शेरबहादुर देउवाको दिउँसोको कार्यक्रम परेपछि बिहानलाई सारिएको हो । त्यस्तै एमाले, माओवादी, जसपा र राप्रपाले आज पार्टीको बैठक बोलाएर अन्तिम नामावली तय गर्ने तयारीमा छन् ।

नागरिक उन्मुक्ति पार्टी र लोसपाले भने समानुपातिक सांसदको सूची तयार पारिसकेका छन् ।

Leave your comment

Related News