Skip to content

अर्थमन्त्री शर्मा द्धारा मुलुकको अर्थतन्त्र धराशायी नभएको स्पष्ट

Kalopati

4 years ago

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र धराशायी नभएको स्पष्ट पारेका छन् ।

७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा बुधबार काठमाडौंमा भन्सार महसुलको विद्युतीय भुक्तानी (इपेमेन्ट) प्रणालीको शुभारम्भ गर्दै मन्त्री शर्माले पछिल्लो समय अन्तर्राष्ट्रिय मूल्य वृद्धिको श्रृङ्खलाका कारण विदेशी मुद्राको सञ्चितिमा केही चाप परेको जानकारी गराउहुँदै अर्थतन्त्र धराशायी नभएको बताए । कतिपयले निजी क्षेत्र तथा आम सर्वसाधारणलाई त्रसित बनाउने गरी प्रचार गरेकोप्रति असन्तुष्टि व्यक्त गर्नुहुँदै त्यस्ता भ्रमलाई सरकारले नतिजाबाट चिरफार गर्ने उनले बताए ।

मन्त्री शर्माले भन्सारविन्दुमा चाँडै ‘भेकल स्क्यानर’ प्रयोग गरिने पनि जानकारी दिए । उनले भन्सारको निरन्तर सुधार अन्तर्गत भेकल स्क्यानर ल्याउने कार्य अन्तिम चरणमा पुगेको बताए । उनले भन्सार विन्दुहरुमा निजी क्षेत्रले माग गरेबमोजिम अन्तर्राष्ट्रिय मापदण्डको क्वारेन्टिन तथा प्रयोगशालाको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको पनि बताए । साथै उहाले निजी क्षेत्रसँगको सहकार्यको निरन्तरता तथा निजी क्षेत्रको सुझावहरू सकारले नीति निर्माणमा मार्गदर्शनका रूपमा लिने जानकारी दिए ।

विदेशबाट वस्तु आयात गर्दा भन्सारमा हुने सबै झन्झट हटाएर भन्सारलाई नगदरहित र कागजरहित बनाउने उद्देश्यले सबै भन्सार कार्यालयमा अनलाइन प्रणाली पूर्णरुपमा लागू गरिएको बिभागले जनाएको छ । हरेक वर्ष २६ जनवरीका दिन अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउँदै आइएको छ । यस वर्ष पनि भन्सारलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्ने नाराको मूल भावसहित मनाइएको हो ।

Leave your comment

Related News