धनगढी, वैशाख २७ ।
भारतमा जारी लकडाउनका कारण तीन दिनदेखि खाना नपाएर भारतमा एक सुदुरपश्चिमेलीको मृत्यु भएको छ ।
भारतका दिल्लीमा रहेको आजादपुरमा भोकभोकै सुतेको अवस्थामा कैलाली घर भएका एक युवकको मृत्यु भएको त्यहाँ रहेको नेपाली अगुवाले बताए ।
उनको मृत्युबारे दिल्लीस्थित नेपाली राजदूवासलाई जानकारी गरिसकेको जनाएको छ । मृतृको पुरा नाम र ठेगाना भने खुल्न सकेको छैन ।