Skip to content

रुसी राष्ट्रपति पुटिनद्वारा विद्यालयमा भएको आतङ्कवादी हमलाको निन्दा

Kalopati

3 years ago

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार इजेभस्कमा रुसी विद्यालयमा भएको आक्रमणलाई “अमानवीय” भन्दै कडारूपमा निन्दा गरेका छन्  ।क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार राष्ट्रपति पुटिनले सो घटनामा बालबालिकाको मृत्युप्रति गहिरो शोक व्यक्त गरेका हुन्  । उक्त आतङ्कवादी हमला स्पष्ट रूपमा नव-फासिस्ट समूहसँग सम्बन्धित रहेको क्रेमलिनका प्रवक्ताले  बताएका छन्  ।
रुसको इजेभस्क शहरको एक विद्यालयमा अज्ञात आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा सात बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
सो घटनमा १४ जना बालबालिका सहित २१ जना घाइते भएका छन् ।
“प्रारम्भिक रिपोर्टहरू अनुसार छ जना वयस्क र सात साना केटाकेटीहरू सहित १३ जनाको सो आक्रमणमा ज्यान गएको छ ।
सञ्चार माध्यमहरूले जनाएअनुसार २५ वर्षीय युवकले इर्कुत्स्क क्षेत्रको उस्ट-इलिम्स्कमा रहेको सैन्य भर्ती कार्यालय नजिकबाट गोली चलाएका थिए । घटनापश्चात् गोली प्रहार गर्ने युवकलाई तुरुन्तै पक्राउ गरिएको थियो ।
अल जजीराका अनुसार रुसका विद्यालयमा गोलीप्रहारका घटना विरलै हुने गर्दछ ।

Leave your comment

Related News