Skip to content

सिमानाकामा कडाई, आवागमनमा रोक लगाउने जिल्ला प्रशासन कार्यालय कैलालीको निर्णय

kailali prasaasan

Kalopati

6 years ago

धनगढी, बैशााख २६ ।
कैलालीका सीमा नाकामा आवागमनमा पुर्ण रुपमा रोक लगाउन र सिमानाकामा अझै कडाई गर्ने निर्णय भएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बिहिवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले भारतमा कोरोना भाईरसको संक्रमण फैलिदै गएको र कैलालीमा पनि जोखिम बढेकोले सीमा क्षेत्रमा कडाई गर्ने निर्णय गरेको हो ।

जोखिम न्यूनीकरण गर्नका लागि प्रत्येक वडामा वडा अध्यक्षको संयोजकत्वमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी सहितको निगरानी समूह गठन गर्ने निर्णय समेत भएको जिल्ला सुरक्षा समितिले जनाएको छ।

उक्त समूहले भारतबाट आवागमन रोक्नका लागि पहल गर्नेछ भने अन्य क्षेत्रबाट आएकाहरुमाथि पनि निगरानी बढाउने छ। उक्त समूहले आवागमन गर्नेहरुको अभिलेख समेत राख्ने छ । जिल्ला सुरक्षा समितिको दैनिक बैठक राखेर सुरक्षा निकायबीच सूचना आदान–प्रदान गर्ने निर्णय समेत भएको समितिले जनाएको छ।

Leave your comment

Related News