Skip to content

काठमाण्डौको मनोहराबाट लुटपाटमा संलग्न १० जना पक्राउ

Kalopati

1 month ago

काठमाण्डौ । काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–६ स्थित मूलपानी क्षेत्रबाट लुटपाटमा संलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको छ।

गएराति पक्राउ गर्ने क्रममा एक जना घाइते भएका छन्। प्रहरीका अनुसार एक शंकास्पद व्यक्तिले मोटरसाइकल प्रयोग गरी प्रहरीलाई ठक्कर दिएर भाग्न खोजेपछि नियन्त्रणका क्रममा घुँडामुनि गोली प्रहार गरिएको हो।

उक्त क्षेत्रमा लामो समयदेखि मानिसहरूलाई पछ्याएर गहना, नगद तथा अन्य मूल्यवान् सामग्री लुटपाट गर्ने गिरोह सक्रिय रहेको गुनासो आएपछि प्रहरीले विशेष निगरानी बढाएको थियो।

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी परिसर काठमाण्डौमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिनुभएको छ।

Leave your comment

Related News