Skip to content

प्रचण्ड आज साँझ भारत प्रस्थान, नयाँ दिल्लीमा नेकपा एकता सभामा सहभागी हुने

Kalopati

1 month ago

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ भारत प्रस्थान गर्दैछन्। उनी नेपाली समाज भारतले राजधानी नयाँ दिल्लीमा आयोजना गरेको नेकपा एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रममा सहभागी हुनेछन्।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुने प्रचण्डले नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्धको मजबुती, प्रवासी नेपालीका समस्या र अवसरहरूबारे विशेष सम्बोधन गर्नेछन्।

नेपाली समाज भारतका महासचिव आरबी खड्काका अनुसार, कार्यक्रमको मुख्य उद्देश्य भारतमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई एकताबद्ध गर्दै सामाजिक–राजनीतिक चेतना अभिवृद्धि गर्नु हो।

प्रचण्ड भोलि साँझ मात्र स्वदेश फर्किने कार्यक्रममा अन्य राजनीतिक भेटघाट भने तय गरिएको छैन।

Leave your comment

Related News