Skip to content

सुनसरीमा प्रतिनिधिसभातर्फ चार पदका लागि ९४ को उम्मेदवारी

electioncommission

Kalopati

3 years ago

आउने मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाअन्तर्गत सुनसरीमा प्रतिनिधिसभातर्फ चार पदका लागि ९४ जनाले उम्मेदवारी कायम राखेका छन् । जिल्लामा चार निर्वाचन क्षेत्र रहेको छ ।

निर्वाचन आयोगले तय गरेको समयभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालय सुनसरीले सार्वजनिक गरेको नमावलीमा प्रतिनिधिसभामा ती उम्मेदवारी कायम भएको हो । सुनसरी क्षेत्र नं १ मा २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । सुनसरी–१ मा प्रतिनिधिसभातर्फ सत्ता गठबन्धबाट नेकपा (माओवादी केन्द्र)का मुक्सामहाङ्ग सुब्बालाई उम्मेदवार बनाएको छ भने नेकपा (एमाले)–जसपाको तर्फबाट जनता समाजवादी पार्टी नेपालका अशोककुमार राईलाई उम्मेदवार बनाएको छ ।

जनमत पार्टीले फत्तबहादुर खडकालाई उम्मेदवार बनाएको छ । त्यसैगरी किरात खम्बुवान साझा पार्टीले देवीबहादुर राई, मङ्गोल नेशनल अर्गनाइजेशनले प्रेमबहादुर श्रेष्ठ, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले सरस्वती सुब्बा, जनसमाजवादी पार्टी नेपालले मङगलसिंह लिम्बू, राष्ट्रिय स्वतन्त्र पार्टीेले गोमा तामाङलाई उम्मेदवार बनाएको छ । स्वतन्त्रबाट कृष्णकुमार राई, तर्कबहादुर मगर, मनोजकुमार मेयाङ्बो, जीवनकला राई, कुमार कार्की, वासुप्रसाद उपाध्याय, विजयकुमार राई, सञ्जयकुमार राई, मातृकाप्रसाद भट्टराई, कुलबहादुर लिम्बू र करुणा राई उम्मेदवार छन् ।

त्यसैगरी सुनसरी क्षेत्र नं २ प्रतिनिधिसभामा नेकपा( एमाले)ले भीमप्रसाद आचार्यलाई उम्मेदवार बनाएको छ भने सत्ता गठबन्धनले कांग्रेसका सीताराम मेहतालाई उम्मेदवार बनाएको छ । राप्रपाले दिनेशकुमार बस्नेत, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मुमताज मियाँ, जनमत पार्टीले रामानन्द मेहता, मौलिक जरोकिलो पार्टीले रोहितकुमार दुलाल, हाम्रो नेपाली पार्टीले राजेश चौधरी, नागरिक उन्मुक्ति पार्टीले दीपकराज चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले रामेश्वर साहु हल्वाई, मङ्गोल नेशनल अर्गनाइजेसनले पूर्णबहादुर गुरुङलाई उम्मेदवार बनाएको छ ।

त्यसैगरी सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले नैनकुमार विश्वकर्मा, नेपाल लोकतान्त्रिक पार्टीले नुनुराम चौधरी, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल)ले शोभावतीकुमारी चौधरी, विवेकशील साझा पार्टीले विजयकुमार बस्नेत, जनसमाजवादी पार्टी नेपालले गजेन्द्रबहादुर ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टीले लालविक्रम थापालाई उम्मेदवार बनाउँदा स्वतन्त्रबाट ललनकुमार मेहता, शर्मानन्द खतिवडा, विदुरप्रसाद पौडेल, चेतनाथ पौडेल, बविता नुन्दी, मनोजकुमार मेहता, सुरेशकुमार मेहता, श्रवणकुमार मेहता, फरेन्द्र शाह, बाबुराम सुवेदी र प्रेमप्रसाद भट्टराईले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी क्षेत्र नं ३ मा एमालेबाट भगवती चौधरी र कांग्रेसबाट विजयकुमार गच्छदारले उम्मेदवारी दिएका छन् । चौधरीलाई जसपा र गच्छदारलाई सत्ता गठबन्धनको समर्थन रहेको छ । यसबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टीका कुलदीप चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका देवनारायण यादव (सिपलिया), मौलिक जरोकिलो पार्टीका रामेश्वर थापा, हाम्रो नेपाली पार्टीका यज्ञबहादुर कटुवाल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजोदेवी रिषिदेव, राष्ट्रिय जनमुक्ति पार्टीका साहाउद्दिन मियाँ, कांग्रेस (बिपी)का अम्बरबहादुर राउत, पिछडावर्ग निषाद दलित जनजाति पार्टीका कुन्दन बहरदार, राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले पनि उम्मेदवारी दिएका छन् ।

त्यसैगरी स्वतन्त्रबाट किशोरकुमार विश्वास, कासनी थरुनी, फागु यादव, गङ्गाकुमारी खरेल, मुकेशप्रसाद ढकाल, सज्जन ऋषिदेव, सुधादेवी उराँवनी, कुमारी उरावँ, स्मित कार्की, सुमनकुमारी चौधरी र सहिमुद्दिन मियाँले उम्मेदारी दिएका छन् ।

यसैगरी क्षेत्र नं ४ बाट एमालेका जगदीशप्रसाद कुसियैत, कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टीका विद्यानन्द यादव, नेपाल मजदुर किसान पार्टीका अर्जुनप्रसाद भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका कुञ्जीलाल यादवले उम्मेदवारी दिएका छन् ।

Leave your comment

Related News