Skip to content

मन्त्री रेणुकुमारी यादवको राजीनामा माग्दै प्रदर्शन

Kalopati

4 years ago

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको राजीनामा माग्दै शनिबार गोलबजारमा एमालेनिकट राष्ट्रिय युवा संघ सिराहाले प्रदर्शन गरेको छ  । स्थानीय एबी मलनजिकै भेला भएका युवा संघका नेता कार्यकर्ताले अराजक मन्त्री रेणु यादव राजीनामा दे नारा लगाए र प्रदर्शन गरेका हुन् ।

जुलुस प्रदर्शनपछि आयोजित कोणसभामा युवा संघका मधेस प्रदेश इन्चार्ज वैद्यनाथ साह, जिल्ला अध्यक्ष इन्द्रेस राउतलगायतले आफूहरूको माग एक साताभित्र सम्बोधन नभए सशक्त सडक आन्दोलन गरिने चेतावनी दिए ।

गत ५ माघमा रौतहटको गौरमा आयोजित बलिदानी दिवसमा सहभागी हुन पुगेकी मन्त्री यादवलाई सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले अवरोध गरेपछि गौर नरसंहार दोहोर्‍याउने अभिव्यक्ति दिएको भन्दै चौतर्फी आलोचना हुँदै आएको छ ।

प्रदर्शनमा भेला भएका युवा संघका नेता कार्यकर्ताले मन्त्री रेणु यादव राजीनामा माग्दै पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि खारेज गर, किसानलाई मल खाद दे, लिपुलेक कालापानी लिम्पियाधुरा हाम्रो हो लगायतका विभिन्न नारा लगाएका थिए ।

 

 

Leave your comment

Related News