Skip to content

सुदूरपश्चिमसँग जोडिएको नेपाली सिमामा भएको भारतिय हस्तक्षेपका विरुद्धमा पुर्वराजा ज्ञानेन्द्रको ट्विट

पुर्वराजा ज्ञानेन्द्र

Kalopati

6 years ago

धनगढी, बैशाख २७ ।
नेपाली भुमि मानिदै आएको लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भएको भारतिय हस्तक्षेपका विरुद्धमा पुुर्वराजा ज्ञानेन्द्रले ध्यानाकर्षण सहित सामाजिक सञ्जाल ट्विटरमा ट्विट गरेका छन् ।

नेपालमा केही संकटका बेला आउछ तब भारतिय विस्तारवादले नेपाली सीमाना र आन्तरीक राजनीतिमा हस्तक्षेप गर्छ । अहिले आएको भारतले कोरोना संकटको महामारी चलिरहेका बेला फेरी अर्को नाङगो हस्तक्षप विरुद्धमा पुर्वराजा ज्ञानेन्द्रले आफ्नो प्रतिक्रिया दिदै ट्विट गरेका हुन् । यस अघि राजनीतिक नक्सामा नेपालको कालापानी लिम्पियाधुरा र लिपुलेक पारेको भारतले अहिले त्यही नेपाली भूमि हुदै चीन तिव्वतको मानसरोबर जोड्ने बाटोको उद्घाटन गरेको थियो ।

भारतीय रक्षा मन्त्री राजनाथ सिंहले भिडियो कन्फेरेन्सबाट उक्त बाटोको उद्घाटन गरेका हुन् । भारतले २०१९ को नोभेम्बरमा नयाँ राजनीतिक नक्सा जारी गरे पछि एक ईन्च पनि सिमाना गुम्न नदिने भनेको नेपाल सरकारले वार्ताका लागि पहल गर्दा समेत वास्ता नगरेको भारतले अहिले फिल्डमै कब्जा जमाएको छ । यस विषयमा नेपाल सरकारको राणनीति र पहल कमजोर भएको भन्दै पुर्वराजा ज्ञानेन्द्रले ध्यानाकर्षण सहित आफ्नो मत व्यक्त गरेका छन् ।

पुर्वराजा ज्ञानेन्द्रको ट्विट जस्ताको त्यस्तैः

Leave your comment

Related News