Skip to content

प्रतिनिधिसभा निर्वाचनमा १० उम्मेदवार दुई सयभन्दा कम मतले पराजित

electioncommission

Kalopati

3 years ago

प्रतिनिधिसभा निर्वाचनमा एक सय ६२ जना निर्वाचित हुँदा १० उम्मेदवार जम्मा दुई सय मतभन्दा कम मतान्तरले पराजित भएका छन् ।

प्रदेशगत हिसाबले हेर्दा प्रदेश नं १ बाट पाचँथर–१ मा नेकपा (एमाले)का वसन्तकुमार नेम्वाङले ४६ मतले नेपाली कांगे्रसका भीष्मराज आङदेम्वेलाई, इलाम–२ मा एमालेका सुवासचन्द्र नेम्वाङले एक सय १४ मतले कांग्रेसका डम्बरबहादुर खड्कालाई, सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले एक सय १२ मतले एमालेका जगदीशप्रसाद कुसियैतलाई पराजित गरेका  छन्  ।

मधेस प्रदेशबाट धनुषा–२ मा कांग्रेसका रामकृष्ण यादवले एक सय ५७ मतले एमालेका उमाशङ्कर अरगरियालाई, धनुषा–४ मा एमालेका रघुवीर महासेठले एक सय २४ मतले कांग्रेसका महेन्द्र यादवलाई, पर्सा–३ मा एमालेका राजकुमार गुप्ताले एक सय ६७ मतले कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीलाई पराजित गरेका  छन्  ।

बागमती प्रदेशबाट काठमाडौँ–१ मा कांग्रेसका प्रकाशमान सिंहबाट एक सय २५ मतले राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्र पराजित भएका  हुन्  । लुम्बिनी प्रदेशबाट दाङ–२ मा नेकपा (माओवादी केन्द्र)का रेखा शर्माले एक सय ९३ मतले एमालेका शङ्कर पोख्रेललाई, बर्दिया–२ मा स्वतन्त्रबाट लालवीर चौधरीले एक सय ३६ मतले नेकपा (माओवादी केन्द्र) का सुरेश पन्थलाई पराजित गरेका  छन्  ।

कर्णाली प्रदेशबाट दैलेख–२ कांग्रेसका दिक्पालकुमार शाहीले एक सय ६७ मतले एमालेका लक्ष्मीप्रसाद पोखरेललाई पराजित गरे  । समग्रमा पार्टीगत हिसाबले हेर्दा एमालेबाट चार, कांग्रेसबाट चार, माओवादी केन्द्रबाट एक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक जना दुई सयभन्दा कम मतान्तरले पराजित भएका  छन्  ।

Leave your comment

Related News