Skip to content

बैंकिङ कसुरमा फरार अभियुक्त पक्राउ

Kalopati

4 years ago

बैंकिङ कसुरमा ५१ लाख जरिवाना तोकिएका फरार बिनोद थापा पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले नुवाकोट लिखु गाउँपालिका–४ घर भई काठमाडौं तारकेश्वर नगरपालिका–७ बस्ने बिनोद थापालाई पक्राउ गरेको हो ।प्रहरीका अनुसार उनले बैंक खातामा पर्याप्त मौज्दात रकम नभए पनि चेक दिएका थिए । सो मुद्दामा उच्च अदालत पाटनले मंसिर ७ गते उनलाई ५१ लाख जरिवाना र १५ दिन कैद हुने ठहर गरेको थियो ।

Leave your comment

Related News