Skip to content

ओलीको रिहाइको माग गर्दै एमाले कार्यकर्ताद्वारा देशभर सिडिओ कार्यालयमा ज्ञापनपत्र (सात तस्विर)

Kalopati

1 month ago

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै एमाले कार्यकर्ताहरूले आज देशभरका प्रमुख जिल्ला अधिकारी ९सिडिओ० कार्यालयहरूमा ज्ञापनपत्र बुझाएका छन्।

पार्टीका नेता तथा कार्यकर्ताहरूले विभिन्न जिल्लामा सिडिओ कार्यालय पुगेर ओलीलाई तत्काल रिहा गर्न माग गरेका हुन्। उनीहरूले ओलीमाथि गरिएको कारबाही राजनीतिक प्रेरित भएको आरोप लगाउँदै निष्पक्ष छानबिन र न्यायको माग गरेका छन्।

ज्ञापनपत्रमा ओलीको रिहाइसँगै लोकतान्त्रिक अधिकारको सम्मान गर्न सरकारसँग आग्रह गरिएको छ। साथै, आवश्यक परे थप आन्दोलनका कार्यक्रमसमेत घोषणा गर्ने चेतावनी एमालेले दिएको छ। यसैबीच, ओलीसँग सम्बन्धित प्रकरणमा अनुसन्धान जारी रहेको सरकारी निकायले जनाएको छ।

Leave your comment

Related News