Skip to content

इरानको ऊर्जा संरचनामाथिको आक्रमण थप १० दिनका लागि रोक्ने ट्रम्पको निर्णय

Kalopati

4 hours ago

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा संरचनामाथि गर्दै आएको सैन्य आक्रमण थप १० दिनका लागि रोक्ने बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानी सरकारको अनुरोध बमोजिम १० दिनका लागि आक्रमणमा रोक लगाएको उल्लेख गर्नुभए को छ ।

पछिल्लो निर्णयसँगै अमेरिका-इरानबीचको वार्ता चलिरहेको र निकै राम्रो प्रगतिमा रहेको बीबीसीले जनाएको छ । ह्वाइट हाउसले इरानले युद्ध अन्त्यका लागि सम्झौता नगरे आक्रमण जारी राख्ने चेतावनी दिएको छ । ट्रम्पले हालै भएको मन्त्रिपरिषद् बैठकमा इरानलाई युद्ध अन्त्य गर्नका लागि सम्झौता गर्न दबाब दिनुभएको छ । इरान वार्तामा नआए अमेरिकाले लगातार आक्रमण गर्ने चेतावनी समेत ट्रम्मले दिनुभएको बीबीसीले जनाएको छ । तर इरानी अधिकारीहरूले भने अमेरिकासँग कुनै वार्ता नभएको प्रतिक्रिया दिएका छन् ।

यसअघि, इरानले अमेरिकाले प्रस्ताव गरेको शान्ति योजना अस्वीकार गरिसकेको छ । यो प्रस्तावमा अमेरिकाले इरानलाई आफ्नो परमाणु कार्यक्रम त्याग्न र ब्यालेस्टिक मिसाइलहरू सीमित गर्न भनेको थियो । अमेरिकाले इरानलाई पेस गरेको १५ बुँदे शान्ति प्रस्तावको विस्तृत विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

Leave your comment

Related News