Skip to content

जेष्ठ सदस्य केसीद्वारा पदभार ग्रहण (सात तस्विर)

Kalopati

2 months ago

काठमाडौं । प्रतिनिधिसभाका जेष्ठ सदस्य अर्जुनरसिंह केसीले शपथ ग्रहण लगत्तै संसद सचिवालय पुगेर आफ्नो पदभार ग्रहण गरेका छन्। नवनियुक्त जेष्ठ सदस्य केसीले आज आयोजित विशेष समारोहमा शपथ लिएका थिए। शपथपछि उनी सिधै संघीय संसद सचिवालय पुगेर औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन्।

पदभार ग्रहण गर्दै केसीले संसदीय प्रक्रिया प्रभावकारी र मर्यादित बनाउन आफ्नो भूमिका सक्रिय रहने बताएका छन्। उनले संसदलाई जनअपेक्षाअनुसार सञ्चालन गर्न सबै पक्षसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। जेष्ठ सदस्यको हैसियतमा केसीले अब प्रतिनिधिसभाको प्रारम्भिक बैठक सञ्चालन गर्ने तथा सभामुख चयन प्रक्रिया अगाडि बढाउने जिम्मेवारी रहनेछ।

Leave your comment