Skip to content

टोखामा सरकारी जग्गा अतिक्रमण हटाउन डोजर, १८ घरटहरा भत्काइयो (सात तस्विर)

Kalopati

3 weeks ago

काठमाडौं । टोखा नगरपालिका वडा नं ७ दाहालगौंडामा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएको १८ वटा घरटहरामा सोमबार जिल्ला प्रशासन कार्यालयले डोजर लगाएपछिको त्यहाँ बस्दै आएकाहरुको बिचल्ली भएको छ ।अतिक्रमण गरी बनाइएको घरटहरामा प्रहरी प्रशासनको सहयोगमा सोमवार डोजर चलाइएको थियो । त्यहाँ बस्दै आएकाहरुको अनुसार प्रशासन, वडा लगायत कुनै पनि निकायबाट पूर्व सूचना नआएको र मानिस घर भित्र हुँदाहुँदैको अवस्थामा डोजर चलाएको गुनासो गरेका छन् ।

साबिक धापासी वडा नम्बर ७ हालको टोखा नगरपालिका वडा नम्बर ७ को दाहालगौंडामुनी रहेको कित्ता नम्बर ६५ को ४ रोपनीभन्दा बढी जग्गामा बनेका घरटहरामा डोजर चलाइएको हो । सोही जग्गामा करिब ३० वर्षदेखि बस्दै आएकी आछ माया तामाङका अनुसार १८ घरधुरी पूर्ण रुपमा सुकुम्बासी रहेको र बाँकी सटरहरु चाहिँ वडा अध्यक्ष नरुत्तम रानाले महिनाको लाखौं भाँडा लिने गरी भाँडामा दिएको जानकारी दिइन् ।सो सरकारी जग्गा अतिक्रमण गरी घर सटर भाँडामा लगाउने काममा वडा अध्यक्ष स्वयम् संलग्न रहेको स्थानियहरुले बताएका छन् ।

 

Leave your comment