Skip to content

डा. गोविन्द केसीको स्वास्थ्य क्षेत्र सम्बन्धी ६ बुँदे माग, सम्बोधन नभए भदौ २७ देखि अनसनको घोषणा

Kalopati

4 years ago

काठमाडौं । डा गोविन्द केसीले स्वास्थ्य क्षेत्र र अन्य सरोकारका विषयमा सरकार समझ ६ बुँदे माग गरेका छन् । लामो समय देखि मेडिकल शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधार सुशासन र न्यायको लागि संर्घष गर्दै आएका केसीले पूर्ण विभिन्न स्वास्थ्य क्षेत्रको सुधारको लागि ६ बुँदे माग गरेका हुन् ।

केसीले स्वास्थ्य सेवामा सुधार, स्वास्थ्य विज्ञान प्रतिष्ठाण सम्बन्धि छाता ऐन जारी गर्ने, सार्वजनिक पदमा बस्नेहरुको स्वार्थको द्धन्द रोक्न तत्काल कानुनी व्यवस्था गर्ने, चिकित्सा शिक्षा ऐन बमोजिम वि.स.२०८५ भित्र नेपालका मेडिकल शिक्षिण संस्थालाई गैर नाफामुलक बनाउने व्यवस्थाको कार्यान्वयन गरियोस् जस्ता माग गरेका छन् ।

त्यस्तै  प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तको मापदण्डसहित ऐनको व्यवस्था, जलबायु परिर्वतनको उच्च जोखिममा नेपाल पर्ने भएकाले बिद्युतिय गाडीहरुको विस्तृत प्रयोग र विस्तारका लागि प्राथमिकताका साथ अविलम्ब कानुनी व्यवस्था गर्ने माग गरेका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै केसीले यदि उक्त मागहरुको सम्बोधन नभए भदौ २७ देखि अनसन सुरु गर्ने समेत घोषणा गरेका  हुन् ।

Leave your comment

Related News