काठमाडौं । महानगरीय अपराध महाशाखाले क्यानडा पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्ला धनुषा जनकनन्दनी गाँउपालिका ४ घर भइ हाल काठमाडौं गौशाला बस्ने २३ बर्षीय लालबाबु कापर रहेका छन्। कापरलाई महाशाखाको टोलीले आइतबार तिनकुनेबाट पक्राउ गरेको हो। महाशाखाका अनुसार पक्राउ परेका कापरले सर्लाही ब्रम्हपुरी गाँउपालिका वडा नं।६ घर भई हाल जिल्ला ललितपुर बालकुमारी बस्ने अरबिन्द कुमार साहलाई मेरो मान्छे क्यानडामा छ तिम्रो पनि भिषा मगाई दिन्छु भन्दै लाखौंको डिमाण्ड गरेका थिए।
कापरले सुरुमा भिषा प्रोसेसका लागि १२ लाख २० हजार रुपैंया लाग्छ भन्दै साहसँग उक्त रकम लिएको र पीडितलाई भिषा, हवाई टिकट समेत उपलब्ध गराएका थिए। तर साहले आफू नक्कली भिसा र टिकटमार्फत् क्यानडा जान लागेको भन्ने विमानस्थल पुगेपछि मात्रै थाह पाएपछि उनीविरुद्ध उजुरी गरेका थिए । कापरलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत सातदोबाटो ललितपुर पठाइएको महाशाखाले जनाएको छ।

Leave your comment