Skip to content

माछा मार्ने क्रममा करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु

Kalopati

6 years ago

धनगढी, बैशाख २४ ।
कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्वर ४ मा रहेको गौरीगंगा नदिमा माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु भएको हो।

२९ बषीय ज्ञानेन्द्र चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। उनको धनगढीमा उपचारका क्रममा मृत्यु भएको र शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

Leave your comment

Related News