Skip to content

‘योजनाको प्राथमिकता निर्धारण गरेर बजेट विनियोजन गर्छौँ’: मुख्यमन्त्री पोखरेल

Kalopati

4 years ago

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले गण्डकी प्रदेशमा धेरै सम्भवनाको खानी रहेको बताएक छन् । कुश्मा नगरपालिका–३ दुर्लुङमा राधाचन्द्र स्मृति प्रतिष्ठानले १४औँ स्मृति दिवस मनाउन सोमबार आयोजना गरेको कार्यक्रममा पोखरेलले गण्डकी प्रदेशको सम्भवनालाई पहिचान गरी सरकारले समृद्ध प्रदेश निर्माणका योजना तय गरेको बताए ।

उनले प्रदेशमा क्यान्सर अस्पताल निर्माण, सुस्तात्रिवेणीबाट मुस्ताङसम्मको द्रुतमार्ग निर्माण, महिलाहरूको पाठेघर निःशुल्क उपचार, कोभिडपीडितलाई राहतका कार्यक्रम, सबै जिल्ला अस्पतालको स्तरोन्नति, मुख्य सडकको स्तरोन्नतिजस्ता विषयलाई प्राथमिकतामा राखेर आगामी वर्षको बजेटमार्फत काम गर्ने सोचमा रहेको बताए । उनले चालु वर्ष प्रदेश सरकारले हतारमा बजेट ल्याउनुपर्दा कतिपय जनताका माग सम्बोधन गर्न नसक्नु आफ्नो बाध्यता रहेको पनि स्वीकारे ।

मुख्यमन्त्री पोखरेलले अघिल्लो सरकारले बोलपत्र गरेका योजनामा आफ्नो सरकारले बजेट हाल्नुपर्दा सोचअनुरुपका योजना अधुरा रहेको चर्चा गरेका थिए । केन्द्र सरकारसँग रु ५० अर्ब बजेट मागेको बताउँदै जानकारी गराउँदै उनले केन्द्र सरकारले प्रदेशको अनुरोध मानेर बजेट विनियोजन गर्ने आशा व्यक्त गरेका थिए । स्मृति दिवसमा उत्कृष्ट अङ्क ल्याएर पास भएका जेहेन्दार विद्यार्थी, समाजिक व्यक्ति, पत्रकार, जनप्रतिनिधि, ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो भने दीर्घरोगीलाई उपचार खर्च वितरण गरिएको थियो । –रासस

Leave your comment

Related News