Skip to content

संविधान संशोधन बहसका लागि सरकारले बोलायो जेनजी प्रतिनिधिलाई

Kalopati

2 weeks ago

काठमाडौँ । सरकारले संविधान संशोधनको विषयमा युवा पुस्ताको सुझाव संकलन गर्न भन्दै ‘जेनजी’ आन्दोलनका प्रतिनिधिहरूलाई छलफलका लागि आमन्त्रण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको ‘संविधान संशोधन बहसपत्र तैयार गर्ने कार्यदल–२०८२’ ले दुई वटा छुट्टाछुट्टै पत्रमार्फत २९ जना प्रतिनिधिलाई बोलाएको हो ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले आगामी २०८३ जेठ १ गते, शुक्रबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको सगरमाथा हलमा छलफल कार्यक्रम तय गरेको छ ।

कार्यदलका सदस्य सचिव लिलाधर सुवेदीका अनुसार छलफलमा सहभागी हुने प्रत्येक वक्तालाई आफ्नो धारणा राख्न ३ मिनेटको समय प्रदान गरिनेछ । प्रतिनिधिहरूले संविधान संशोधनका विषयमा आफ्ना सुझावहरू लिखित रूपमा समेत बुझाउन सक्नेछन् । नयाँ पुस्ताको दृष्टिकोणलाई संविधान संशोधनको प्रक्रियामा समावेश गर्ने उद्देश्यले सरकारले यो पहल सुरु गरेको हो ।

पहिलो सूची (९ जना प्रतिनिधिहरू)

१. लक्ष्मी घिमिरे

२. मोनिका चौधरी

३. प्रज्वल विक्रम राणा

४. अमित खनाल ‘ऊर्जा’

५. प्रभात लाभ

६. सरिष्मा थापा

७. प्रवेश दहाल

८. कमल मगर

९. रुक्शना कपाली

Leave your comment