Skip to content

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

Kalopati

3 weeks ago

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौँ बुढानीलकण्ठ नगरपालिका–११ बस्ने बागलुङ काठेखोला गाउँपालिका–३ घर भएका २२ वर्षीय सन्दीप थापा मगर, काठमाडौँ महानगरपालिका–३ बस्ने ४३ वर्षीय निर बहादुर कार्की, काठमाडौँ महानगरपालिका–९ बस्ने सर्लाही चक्रघट्टा गाउँपालिका–२ घर भएका ३९ वर्षीय विजय कुमार यादव, काठमाडौँ चन्द्रागिरी नगरपालिका–५ बस्ने ३७ वर्षीय चिरञ्जीवी अधिकारी र काठमाडौँ बुढानीलकण्ठ नगरपालिका–११ बस्ने रामेछाप लिखु तामाकोशी गाउँपालिका–१ घर भएका ३० वर्षीय प्रवेश गुरुङ रहेका छन् ।

पक्राउ मध्ये सन्दीपले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रुपैयाँ, निर बहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट २ लाख २५ हजार रुपैयाँ, विजय कुमारले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख २० हजार रुपैयाँ, चिरञ्जीवीले क्यानडा पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३० लाख रुपैयाँ र प्रवेशले मकाउ पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सन्दीप र विजय कुमारलाई काठमाडौँ महानगरपालिका–१२ बाट तथा निर बहादुरलाई काठमाडौँ महानगरपालिका–१३ बाट सोमबार, चिरञ्जीवीलाई काठमाडौँ महानगरपालिका–११ बाट र प्रवेशलाई काठमाडौँ महानगरपालिका९१२ बाट मंगलबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

 

Leave your comment