Skip to content

शेयर बजार १९ अङ्कले बढ्यो

Kalopati

5 minutes ago

काठमाण्डौ – लगातार दुई दिन उच्च अङ्कले घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ७० अङ्कले बढेर २ हजार ८५१ दशमलव ०९ विन्दुमा पुगेको छ । नयाँ सरकार गठनपछिको दुई कारोबार दिनमै नेप्से ११८ अङ्कले घटेको थियो ।

आज म्युचल फन्ड र अन्य बाहेक सबै समूहको सूचक बढेकोमा उत्पादन तथा प्रशोधन समूहको सूचक १ दशमलव ९४ प्रतिशतले उकालो लागेको छ । आज १९५ वटा कम्पनीको शेयर घटेकोमा ६३ वटाको घटेको छ । यस्तै ९ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज रिलायन्स स्पिनिङ मिल, भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी, होटल फरेस्ट इन, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर सबैभन्दा धेरै झन्डै ९ प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो १२ अर्ब ९६ करोडको कारोबार भएकोमा आज ३३९ वटा कम्पनीका २ करोड ७९ लाख कित्ता शेयर ११ अर्ब ११ करोड रुपैयाँमा किनबेच भएको छ ।

Leave your comment

Related News