काठमाडौँ । जेन जी आन्दोलनपछि अहिले देशले युवा नेतृत्व पाएको छ । प्रधानमन्त्री बालेन शाह नेतृत्वमा १५ जना मन्त्रीहरूले मन्त्रालयहरू सम्हाली रहेको अवस्थामा अहिले मन्त्रालयहरुमा पहिलेको जस्तो चहलपहल भने देखिएको छैन ।
विभिन्न समयमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी लगायत विभिन्न पार्टीले सरकारको नेतृत्व गर्दा र मन्त्रीहरूको नियुक्ति गर्दा सिंहदरबारमा बधाई र शुभकामना दिनेहरुको भीड नै लाग्ने गर्दा थियो, अहिले भने अवस्था त्यस्तो देखिएको छैन ।
मन्त्रीहरूले मन्त्रालय सम्हालेको दिनबाटै हप्ता दिनसम्म बधाई र शुभकामना दिनेहरुको भीड लाग्ने मन्त्रालयहरू अहिले सुनसान जस्तै देखिएका छन् ।
पार्टीका कार्यकर्ता, नेता र आफन्तहरूको भीड लाग्ने सिंहदरबारमा सामान्य भेटघाट भन्दा पनि काम विशेषमा आउनेहरु देखिएका छन् ।
युवा नेतृत्वमा गठित अहिलेको सरकारले काम गर्न आएको र जस्तै परिस्थितिमा पनि नतिजा निकाल्ने गरी काम गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।


Leave your comment