Skip to content

अध्यक्ष ओलीको रिहाइ माग्दै एमालेको र्‍याली, बानेश्वरमा कोणसभा (सात तस्विर)

Kalopati

6 months ago

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ले अध्यक्ष केपी शर्मा ओली को रिहाइको माग गर्दै आज माइतीघरदेखि बानेश्वरसम्म र्‍याली निकालेको छ। र्‍याली माइतीघरबाट सुरु भई विभिन्न स्थान हुँदै बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो। प्रदर्शनका क्रममा सहभागीहरूले ओलीको रिहाइको माग गर्दै नाराबाजी गरेका थिए।

बानेश्वर क्षेत्रमा भने सुरक्षा व्यवस्था कडा पारिएको थियो। प्रहरीले प्रदर्शनकारीहरूलाई नियन्त्रणमा राख्दै घेराभित्रै कोणसभा गर्न अनुमति दिएको जनाएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरूले अध्यक्ष ओलीमाथि गरिएको कारबाहीको विरोध गर्दै तत्काल रिहाइ गर्न सरकारसँग माग गरेका छन्। साथै, माग सम्बोधन नभए थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएका छन्।

Leave your comment