। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारस्थित सरकारी निवासबाट सबैजसो सामान निजी निवास धापासी सारिसकेकी छन् । शुक्रबार नयाँ प्रधानमन्त्रीलाई राष्ट्रपति भवनमा स्वागत गरेपछि स्वतः पदमुक्त हुने उनी त्यहीँबाट निजीतर्फ लाग्ने भएकी छन् ।
‘अब बालुवाटारमा दुई-तीन दिन बस्नलाई चाहिने सामानमात्रै बाँकी छन्, १३ गते नै धापासी सर्नुहुन्छ’, प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले बताए । उनका अनुसार सामान सार्न थालेको एक हप्ता पहिलेबाटै हो ।
नयाँ प्रधानमन्त्रीले शपथपछि सीधै बालुवाटार जान चाहेमा उक्त निवास पूर्णतः खाली भइसक्ने उनले बताए ।
केही महिनादेखि खालि रहेका कारण धापासीस्थित प्रधानमन्त्रीको निजी घरमा फोहोर जमेको थियो । एक हप्ता लगाएर सबै सफा गरिएको र अहिलेसम्म बस्नका लागि पूर्णतः योग्य भइसकेको रावलले बताए । पति दुर्गा सुवेदी पनि बालुवाटारमै बस्दै आएका छन् । घर सफा गर्नुपर्ने र सामान मिलाउनुपर्ने कारण विगत एक सातादेखि उनी धापासी(बालुवाटार ओहोरदोहोर गरिरहेका छन् ।

Leave your comment